Prachandaकाठमाडौ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए।

माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो। तर, प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो।
प्रकाशन मिति–२०७४ साल असोज ३१ गते मंगलवार ।