devdass-1काठमाडौ। देवदास उपन्यासबारे शुक्रबार अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानले हालै प्रकाशनमा ल्याएको अनुदित पुस्तक देबदासको बारेमा प्रज्ञा भवनमा भएको हो। साहित्यकार श्याम प्रधानले बंगाली भाषाबाट अनुवाद गरेका ‘देवदास’ भारतीय साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको उत्कृष्ट उपन्यास हो।

devdass-2

यो उपन्यास यसअघि विभिन्न भाषामा अनुवाद भई लोकप्रिय भइसकेको छ। अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, प्रतिष्ठानका पूर्व सदस्यसचिव तुलसी भट्टराई, समालोचक डा. उषा ठाकुर, वासु शशी स्मृति परिषद्का अध्यक्ष कृष्ण जोशी तथा सचिव प्रद्युम्न जोशीले उपन्यासका विविध पक्षबारे प्रकाश पारेका थिए।

वासु शशी स्मृति परिषदद्वारा आयोजित कार्यक्रममा बिहीबार निधन भएका वरिष्ठ साहित्यकार कमल दीक्षितप्रति शोक प्रस्ताव पारित गरिएको थियो।
प्रकाशन मिति–२०७३ साल पुस १५ गते शुक्रबार ।