ललितपुर। अष्ट–चन्द्र स्मृति प्रतिष्ठानद्वारा १५ औ अष्ट–चन्द्र स्मृति दिवसको पुण्य तिथिमा विशेष रक्तदान कार्यक्रम संपन्न भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नंबर ६ स्थित ईगःमुगः टोल थसिमा विशेष रक्तदान कार्यक्रम संपन्न भएको हो।

महालक्ष्मी नगरपालिका वडा नम्बर ६,का वडाध्यक्ष धर्म महर्जनको प्रमुख आतिथ्यतामा आयोजित उक्त बिशेष रक्तदान कार्यक्रममा देशकै सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान–पत्र प्रदान गरि सर्वजनिकरूपमा अभिनन्दन समेतगरिएको थियो।

नेपाल स्वयंसेवी रक्तदाता समाज,महालक्ष्मी नगरपालिका वडा नम्बर ६ नगर समितिका अध्यक्ष दशबहादुर महर्जनको विशेष आतिथ्यतामा संपन्न कार्यक्रम अष्टचन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष बुध्दि बहादुर महर्जनको सभापतित्वमा भएको थियो। महेन्द्र महर्जनद्वारा संयोजन गरिएको उक्त बिशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ३३ स्वयंसेवी रक्तदाताहरूले स्वयंसेवी तवरले रक्तदान गरेका थिए।

प्रकाशन मिति–२०७९ साल असोज १५ गते शनिवार ।