Bhaktapur Municipality

भक्तपुर। विभिन्न माग राखेर देशभरका नगरपालिका तथा जिविसका कर्मचारीले स्थानीय निकायको काम ठप्प पारेको मंगलवारवाट तीन दिन वितिसकेको छ। यसो भएपनि भक्तपुर नगरपालिकाका कर्मचारीले भने निर्धक्क काम गरेर मुलुकमा नै उदाहरणिय नगरपालिका बनेको पाइएको छ।

विभिन्न मागको नाममा स्थानिय निकायमा सेवा लिन आउनेहरुलाई अनावश्यक दुःख दिइरहेका ती बेतुक्कका कर्मचारीहरुलाई भक्तपुर नगरपालिकाका कर्मचारीहरुले आफूहरु सेवाग्राहीप्रति उत्तरदायित्व रहेको उदाहरण दिएका छन्। उनीहरुले देशभरका स्थानीय निकाय कर्मचारीको आन्दोलनलाई कुनै चासो दिएका छैनन्। सेवाग्राहीलाई नियमित सेवा दिने कार्य भैरहेको जानकारी भक्तपुर नगरपालिका कर्मचारी एशोसियसनले दिएको छ।

Bhaktapur Municipality 1भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका सहित ६ वटा नगरपालिका रहेका छन्। जसमध्ये पाँचवटा नगरपालिकामा कर्मचारीले आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै कार्यालय बन्द गरी काम ठप्प पारेका छन् । भक्तपुर नगरपालिकाका कर्मचारी एसोसिएसनसँग आन्दोलनका आयोजकले आन्दोलनका बारेमा कुनै छलफल र जानकारी नदिएकाले आन्दोलन नगरेको कर्मचारीको भनाई रहेको छ।

भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका, अनन्तलिङ्गेश्वर नगरपालिका, सूर्यविनायक नगरपालिका, नगरकोट नगरपालिका र चाँगुनारायण नगरपालिका कर्मचारीले देशभर सुरु भएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नगरपालिकामा काम ठप्प पारेका छन्। जसवाट स्थानिय सेवाग्राहीहरु निक्कै मर्कामा परेका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।