ललितपुर । नेकपा एमालेको देशभर वडा अधिवेशन शनिवार संपन्न भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट देशभरको वडा अधिवेशन उदघाटन गरेपछि शुभारम्भ भएको हो।

अत्यन्त उत्साहप्रद रुपमा संपन्न भएको नेकपा एमालेको वडा अधिवेशन ललितपुर महानगरपालिका वडा नंबर ५ को पनि प्रथम वडा अधिवेसन संपन्न भएको छ। पूर्व वडा कमिटीको अध्यक्ष तारकसिंह वस्नेतको सभापतित्वमा संपन्न भएको वडा अधिवेशन नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारको आतिथ्यतामा भएको थियो।

अधिवेशनवाट ललितपुर महानगरपालिका वडा नंबर ५ कमिटीले रामकृष्ण महर्जनको नेतृत्व पाएको छ। जसमा रामकृष्ण महर्जन अध्यक्ष, राधाकृष्ण श्रेष्ठ उपाध्यक्ष,कपिल राज श्रेष्ठ सचिब, महन्तलाल महर्जन उपसचिब र नानी मैयाँ कपाली उप सचिब सहित ५१ सदस्य वडा कमिटी सर्वसम्म्त गठन भएको छ।

सर्वसम्मत निर्वाचित सवैलाई ललितपुर महानगरपालिका वडा नंबर ५ का इञ्चार्ज तथा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय एवम् जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले शपथ ग्रहण गराएका थिए।

कार्यक्रमको सञ्चालन ललितपुर महानगरपालिका वडा नंबर ५ का महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठवाट भएको थियो।
प्रकाशन मिति–२०७८ साल कात्तिक ६ गते शनिवार ।