Doha Katar progm 1काठमाडौ। नयाँ बर्ष २०७४ को अवसरमा दोहा–कतारमा नेपाली चलचित्र नमस्ते नेपालको भव्य प्रदर्शन र विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। दोहा–कतार स्थित रिदम कला केन्द्रको आयोजनामा हुन गैरहेको यस कार्यक्रम यही बैशाख १५ गते  दोहा कतारको गल्फ होराइजनमा हुने भएको छ।

Vetran Dance Director Raju Shah with Comediyen Actor Gopal Dhakal Chhande.
Vetran Dance Director Raju Shah with Comediyen Actor Gopal Dhakal Chhande.

दोहा–कतारमा रहेका गजेन्द्र मल्ल र दिल भट्टराईको संयोजनमा हुन भव्य कार्यक्रम हुन गैरहेको हो। यस कार्यक्रममा सहभागिता जनाउन नेपालवाट चलचित्र नमस्ते नेपालका निर्माता तथा निर्देशक राजु शाह र चर्चित हाँस्य अभिनेता गोपाल ढकाल छन्दे त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। यही बैशाख १३ गते शाह र छन्दे दोहा–कतार प्रस्थान गर्ने भएका छन्।

Nepali film Namaste Nepal's Producer & Director Mr. Raju Shah.
Nepali film Namaste Nepal’s Producer & Director Mr. Raju Shah.

संपूर्ण छायाँकन युरोपमा भएको चलचित्र नमस्ते नेपालको दोहा–कतार प्रदर्शन अत्यन्त सफल हुने आफूले अपेक्षा गरेको निर्माता तथा निर्देशक राजु शाहले गरेका छन्। बेल्जियम, जर्मन र बेलायतको सफल प्रदर्शन पश्चात हुन गैरहेको दोहा–कतारको प्रदर्शन अझ प्रभावकारी हुने जिकिर पनि निर्माता तथा निर्देशक शाहको रहेको छ। चलचित्र नमस्ते नेपालमा कमेडियन खलपात्र रहेका कलाकार गोपाल ढकाल छन्देको उपस्थितिले चलचित्रको प्रर्दशन तथा सांस्कृतिक कार्यक्रममा थप रौनकता आउने आयोजकहरुको भनाई रहेको छ।

Chhande Bhande.....Mr. Gopal Dhakal Chhande in Nepali film Namaste Nepal.
Chhande Bhande…..Mr. Gopal Dhakal Chhande in Nepali film Namaste Nepal.

कलाकार छन्दे भने, आफूले सांस्कृतिक कार्यक्रममा विविध प्रस्तुति दिने बताउंछन्। गाउने, नाच्नेदेखि हँसाउने सवै कार्य गर्ने योजना आफ्नो रहेको छन्देले भनेका छन्। कार्यक्रममा दोहा–कतारका स्थानीय नेपाली कलाकारहरुको पनि विविध धमाकादार प्रस्तुति हुने भएको छ। आयोजक रिदम कला केन्द्रको यो दोश्रो प्रस्तुति हुने जनाइएको छ। अघिल्लो बर्षपनि रिदम कला केन्द्रले दोहा–कतारमा भव्य कार्यक्रम गरिसकेको छ।प्रकाशन मिति–२०७४ साल बैशाख ८ गते शुक्रबार ।