काठमाडौं। कोरोना महामारीको तेश्रो लहर नेपालमा पनि फैलिने व्यापक संभावनालाई मध्यनजर गरेर सरकारले यसतर्फ सचेतना अभियान चलाउन थालेको छ। यसक्रममा काठमाडौंको सुन्धारा स्थित धरहरावाट यस अभियानको थालनी गरिएको हो।

धरहरालाई मास्क लगाइदिएर यस अभियानको शनिवारवाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गरिएको जनाएको छ।

शनिबार साँझ धरहरामा म जिम्मवार नागरिक ह्यासट्याग लेखेर बत्ती बालेर यस अभियानको बारेमा सवैलाई जानकारी दिएर अभियानको शुभारम्भ गरिएको हो। त्यस्तै, सडकमा ट्राफिक प्रहरीले मास्क खोई अभियान पनि शुरु गरेको छ।

प्रकाशन मिति–२०७८ साल साउन २३ गते शनिवार ।