Operationकाठमाडौ। विदेशमा हुने कतिपय घटना तथा परिघटना यौनका मामिलामा नेपालमा पनि घट्न थालेको छ। यौन संपर्कका क्रममा विदेशी यौनजन्य फिल्मको देखासिकी गर्दै सोही अनुरुप यौन संपर्क गर्ने विवाहिता तथा अविवाहिता जोडी मध्येकै चारजनाको यौन संपर्कका क्रममा पूर्वीनेपालको सुनसरी जिल्लाको धरानमा लिङ्ग नै भाचिएको छ। जुन खवरलाई धरानवाट प्रकाशित हुने पूर्वेली दैनिकले प्राथमिकतापूर्वक प्रकाशित गरेको छ।

खवरअनुसार एक हप्ताको अवधिमा चार जनाको लिङ्ग भाचिएपछि धरानस्थित बिजयपुर अस्पताल उनीहरु भर्ना भएका हुन्। अस्पतालका सर्जरी बिभाग प्रमुख डाक्टर रोसन खतिवडाले यौन सम्पर्कको बेला लिङ्गको हड्डी भाचिएर अस्पताल भर्ना भएका चारैजनाको सफल सल्यक्रिया भइसकेको र उनीहरू खतरामुक्त रहेको बताएका छन्।

धरानमा यो घटना अहिले सम्मकै नौलो रहेको डाक्टर खतिवडाको भनाई रहेको छ। लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुको नाम सार्वजनीक गर्न नमिल्ने बताउदै अस्पतालका डा. खतिवडाले उनीहरू २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको र तिनजना बिवाहित एकजना अविवाहित रहेको पनि बताए ।
प्रकाशन मिति–२०७४ साल असार ६ गते मंगलवार ।