Neha Pun Magarकाठमाडौ। मगरभाषाको चलचित्रकी नायिका नेहा पुनको हत्यारालाई पोखरा प्रहरीले सार्वजनिक गरेको छ। माघ १८ गते पोखरामा हत्या गरिएकी नायिका पुनको हत्यारालाई हप्तादिनभित्र प्रहरीले गिरफ्तार गर्न सफल भएको छ।

पोखराकै गेम हाउस संचालक १९ बर्षिय सतिश भन्ने किर्तन खड्गीलाई प्रहरीले पोखरामा सार्वजनिक गरेको छ। पोखराकै नयाँगाउं स्थित स्माइल क्याफेमा कार्यरत नेहा र सतिश नाताले धर्मदाजु र बहिनी भएतापनि माघ १८ गते सतिशले शारीरिक संवन्ध राख्ने नियतले नै राति पोखराको न्युरोडमा बोलाएका थिए। क्याफेमा कार्यरत नेहा पनि धर्मदाजुले बोलाएपछि जानु स्वभाविक थियो।

Neha Murder Satish Khadgi

प्रहरीका अनुसार राति नेहा र साथीहरुका साथमा सतिशले होटल ओपनको टेवलमा कसेर मादक पद्धार्थ सेवन गरेका थिए। राति ९ बजेतिर नेहा सतिशसंगै मोटरसाइकलमा नयाँगाउंतिर लागेकी थिइन्। घटनास्थल नयाँगाउँ नजिक पुगेपछि सतिशले नेहालाई घर नगइकन लेकसाइड गएर उतै होटलमा बसेर रात गुजार्ने प्रस्ताव राखे। नेहाले सतिशको उक्त यौन प्रस्ताव नमानेपछि दुवैवीच विवाद भएको थियो।

विवाद बढेपछि सतिशले हेलमेटले नेहाको टाउकोमा हानेपछि नेहा बेहोश भएर ढलेकी थिइन्। यौन उत्तेजनाले तातिएका सतिशले बेहोश अवस्थामा ढलेकी नेहालाई घटनास्थलमा नै करणी गर्न खोजे। नेहाले कुनै चलमल नगरेपछि आतिएर सतिशले नेहालाई त्यही छाडेर आफू घर आएको सतिशले प्रहरीलाई खुलस्त भनेका छन्।

नेहाको नाका र कानवाट रगत बगेको देखेर आतिएर घरतर्फ लागेका सतिशले शारीरिक संवन्ध राख्न नचाहेकोले आवेगमा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। नेहाको शव माघ १९ गते नयांगाउँको सडक किनारमा हत्या गरिएको अवस्थामा भेटिएको थियोNeha Puna Murder-Pokharaनेहाको हत्याको खवर सनसनीपूर्ण रुपमा फैलिएपछि हत्यारा पक्रन पोखरा प्रहरीलाई निक्कै चुनौति र दबाब नै भैरहेको अवस्थामा पोखरा प्रहरीले हत्यारा सतिशलाई पक्रेर सोमवार सार्वजनिक गरेपछि पोखरामा हत्यारालाई हदैसम्म कारवाहीको माग गरिएको छ। धर्मदाजुको नाममा कलंक नै मानिएका सतिश भन्ने कीर्तन खड्गीजस्ता अपराधीको कारण नातासंवन्धमा आँच आएको महशुश गरिएको छ।
प्रकाशन मिति–२०७२ साल माघ २५ गते सोमवार ।