काठमाडौ। विदेशमा जस्तो नेपालमा पनि रेष्टुरेन्ट कल्चर भित्रिएको धेरै बर्ष भैसकेको छ। तरपनि, ग्राहकको सन्तुष्टि र आवश्यकतालाई मध्यनजर गरेर त्यति धेरै रेष्टुरेन्ट नभएको कारण चाहेर पनि कतिपय उपभोक्ताहरु रेष्टुरेन्ट जान हिचकिचाउने गरेको पाइएको छ। अर्कोतर्फ काठमाडौको धुलो तथा धुँवामुक्त सफा रेष्टुरेन्टको खोजीमा धेरै भौतारिनेहरुको जमात रहेको छ।

Samrat Garden Resturantयस्तै सडकको धुलो र धुँवाबाट एकछिन छुटेर वस्ने मन हुनेहरुका लागि काठमाडौको सामाखुशी स्थित सम्राट गार्डेन रेष्टुरेण्ट नयाँ विकल्प हुनसक्छ। यस सम्राट गार्डेनभित्र प्रवेश गर्ने वित्तिकै फूलहरु फुलिरहेको गार्डेनको स्वगत जो कोहीलाई पनि आनन्द लाग्छ । अझ त्यो भन्दापनि राम्रो कुरा त सम्राटभित्र पारिवारीक वातावरण हो, जुन सबैका लागि अति आवश्यक छ।

युवा उद्यमी तथा होटल व्यवसायी तेजकुमार श्रेष्ठव्दारा संचालित यो रेष्टुरेन्टको आफ्नै विशेषता रहेको पर्यटन पत्रकार राजु भट्ट र नेपालका चर्चित सेफ महेशराज ढकालको दावी रहेको छ। उनीहरुका अनुसार सम्राट गार्डेन रेष्टुरेण्टमा स्पेशल खानाहरू पनि सस्तो मूल्यमा खान पाइन्छ ।

क्रिस्पी फिस, क्रिस्पी चीकेन, लेकाली चीकेन र सिजिलिङ म.म. यस रेष्टुरेन्टको मेन्यु हो। जुन यस रेष्टुरेन्टमा आउने ग्राहकहरुले अत्यन्त रुचाउने गरेको उद्यमी श्रेष्ठ भन्छन्। अर्कोतर्फ यहाँ आउने ग्राकहरूले माछा, चीकेन र वदेलका सेकुवा प्रति किलोका हिसाबले आफैले पोलेर खान पाउने व्यवस्था समेत रहेको श्रेष्ठले भनेका छन्।

प्रकाशन मिति–२०७३ साल फागुन १३ गते शुक्रबार । (महाशिवरात्री)