Earthquakeकाठमाडौ। धेरैपछि नेपालमा भूकम्पको महशुश भएको छ। आइतवार विहान ५.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

ओखलढुंगा केन्द्रविन्दू भएको यो भूकम्पको महशुश काठमाडौमा पनि भएको थियो। ओखलढुंगा वरिपरि धेरैपछि नराम्ररी हल्लाएको भनिएतापनि कुनै क्षति नभएको प्रारम्भिक रिपोर्टमा आएको छ।

विहान ७ बजेर ४३ मिनेटको समयमा उक्त भूकम्प गएको पनि केन्द्रले जनाएको छ। यसलाई पनि २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पको पराकम्प नै भनिएको छ। हालसम्म यस्ता पराकम्पहरु करिब ५ सय नेपालमा गैसकेको छ।

http://www.seismonepal.gov.np/
प्रकाशन मिति–२०७४ साल असार १८ गते आइतवार ।