Deepak Chhetri Help 6काठमाडौ। बेलायतमा रहेका नेपाली चलचित्रका अभिनेता  ध्रुव दत्तको पहलमा संकलित सहयोग रकम वितरण गरिएको छ। नेपालमा लामो समयदेखि घाटीमा मासुको डल्ला पलाएको कारण बोल्न पनि नसकेका विरामी कलाकार दीपक क्षेत्रीलाई उक्त सहयोग रकम प्रदान गरिएको हो।

Actor Dhurba Dutta
Actor Dhurba Dutta

बेलायतवाटै नेपालमा आएका अग्रज रंगकर्मी तथा बेलायतमा सफल रुपमा मञ्चन हुन सफल नाटक जीगिषाका नाटक निर्देशक सनम कुमार बैराग र नेपालका टेलिभिजन पत्रकार राजन घिमिरेले कलाकार दीपक क्षेत्रीको डिल्लीबजारस्थित कोठामा पुगेरै हस्तान्तरण गरेका हुन्। बेलायतमा संकलित नगद नेपाली रुपैया २ लाख ५० हजार प्रदान गरिएको हो।

Deepak Chhetri Help 5सहयोग रकम हस्तान्तरणका क्रममा नेपाली चलचित्रका अग्रज रंगकर्मी बैरागले बेलायतमा रहेका अभिनेता ध्रुव दत्तको पहलमा सहयोग रकम संकलन गरिएको र यसमा नाटक जीगिषाका कलाकार तथा बेलायवासीको सहयोग तथा साथ रहेको बताएका छन्।

Deepak Chhetri Help 2

हस्तान्तरण कार्यक्रममा भावुक बनेकी दीपक क्षेत्रीले आर्थिक अभावको कारण उपचारको लागि चलचित्र विकास बोर्डमा पचास हजार माग गरेर कयौ पल्ट चावहिलस्थित बोर्डको कार्यालयमा धाउदा नपाएको त्यो तितो पीडा पोखेका छन्। आज मिडियाको पहलले उपचार खर्च स्वरुप देश–विदेशवाट २८ लाखजति रकम संकलन भैसकेको कलाकार क्षेत्रीले अत्यन्त मसिनो तथा झिनो स्वरमा भिजन संसारलाई जानकारी दिएका छन्।

Deepak Chhetri Help 1घाँटीको स्वरनलीमा बढेको मासुको डल्लामा क्यान्सर भएको उपचारको क्रममा डाक्टरले भनेकोले त्यसको निर्मूलीकरणको लागि हरिसिद्धी स्थित क्यान्सर अस्पतालमा रेडियो थेरापीव्दारा उपचार शुरु भैसकेको जानकारी पनि कलाकार क्षेत्रीले दिएका छन्।

Deepak Chhetri Help 3कलाकार दीपक क्षेत्री पत्नी मेकअप आर्टिष्ट एवम् नक्कली हिसिला यमी भनेर परिचित कलाकार विपना बस्नेतले संकलित सहयोग रकम पठाउने अभिनेता ध्रुव दत्त तथा ल्याउने अग्रज रंगकर्मी बैराग दुवैलाई धन्यवाद दिएकी छन्। सवैको साथ र सहयोगले आफ्नो श्रीमान दीपक क्षेत्रीको आधा रोग विसेक भैसकेको पनि उनले भनेकी छन्।

Deepak Chhetri Help 7प्रकाशन मिति–२०७४ साल बैशाख २८ गते विहीवार ।