काठमाडौं। नेपाली चलचित्र उद्योगमा पछिल्लो पुस्ताकी नंबरी नायिका प्रियंका कार्की गर्भवती भएकी छन्। नायिका कार्कीको आधिकारिक फेसबुक पेज मार्फत नायिका कार्कीले आफू गर्भवती भएको पुष्टि गरेकी छन्।

गर्भवती भएको पेट देखाउंदै श्रीमान आयुष्मान देशराज जोशीसंग बसेको मायामय पोजपूर्ण तस्बीर सार्वजनिक गर्दै You can stop asking now! Yes, we are pregnant 💕👶🍼❤️ स्टाट्स लेखेकी छन्।

उक्त स्टाट्स सहितको तस्बीर सार्वजनिक भएपछि धेरैले धेरैथरिका कमेन्ट गरेको पनि पाइएको छ। अर्को सिङ्गल तस्बीरमा भने पुट निस्केको पेट देखाउंदै I hope you know how very much you are already loved little one स्टाटस् लेखेकी छन्।

हलिउड तथा बलिउडमा जस्तै केही बर्षयता नेपाली चलचित्र उद्योग अर्थात कलिउडका नायिकाहरुले आफूहरु गर्भवती भएको तस्बीर सार्वजनिक गर्दै गर्भवती भएको जनाउ दिने क्रममा नायिका कार्कीको पनि तस्बीर सार्वजनिक भएको हो। नायिका कार्की र नाय आयुष्मान देशराज वीच एक बर्षअघि विवाह भएको थियो।

प्रकाशन मिति–२०७७ साल चैत्र २२ गते आइतवार ।