काठमाडौ। नक्कली प्रहरी बनी रकम लुटपाट गर्ने भूतपूर्व नेपाली सेनासहितको गिरोहलाई विहीवार अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।साथै, उनीहरुको साथबाट खुकुरी, मोबाइल सेट, केही रकम र विभिन्न व्यक्तिको नाममा रहेको चेक बरामद गरेको छ।

Nakkali Police 1

अपराध अनुसन्धान महाशाखाले सार्वजनिक गरेको गिरोहका सदस्यहरुमा भूपूसैनिक शिवबहादुर बानियाँ र अशोक बानियाँसहित विश्वास घर्तीमगर, नारायण बानियाँ, सुदीप थापामगर, धनकुमार परियार छन्। उनीहरुले नयाँसडकमा रहेको ग्लोबल आइएमई बैंकबाट रकम झिकेर आएका प्रेम खरेल र विधान खरेललाई आफूहरु प्रहरी भएको र सोधपुछका लागि नियन्त्रणमा लिएको भन्दै बैंकबाट झिकेको ४ लाख २७ हजार रुपैयाँ र साथमा रहेको मोबाइल सेट लुटेको पीडितहरुको भनाइ छ।

पक्राउ परेका लुटेराहरुकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन १३ गते शुक्रबार ।