काठमाडौ । एक चुम्बन मात्र गर्दा पनि लाखौ रकम हात पर्नुलाई नराम्रो भन्न मिल्दैन। मायाले कसैलाई चुम्बन गर्नु र स्नेहले चुम्बन गर्नु फरक होला। पैसाको लागि एक भारतीय अरबपतिले हलिउड नायिका एलिजावेथ हलीलाई चुम्बन गर्न लाखौ रकम तिरे।

हलिउड नायिका एलिजावेथ हलीको नगद ५० लाखको चुम्बन
हलिउड नायिका एलिजावेथ हलीको नगद ५० लाखको चुम्बन

एक चुम्बनको लागि लाखौ रकम दिन अफर आएपछि हलिउड नायिका एलिजावेथ हर्लीले नाइँ भन्नै सकेनन्। फोकटिया कतिलाई चुम्बन गर्ने एलिजावेथलाई त्यसपकारको अफर आउँदा कुनै सन्कीको मज्जाक होला भनेर पत्यार लागेकै थिएन। नगद ५० लाख रुपियाँ नै अग्रिम साइनिङ्ग एमाउण्ट नै हात परेपछि उनले पत्याउन करै लाग्यो।

त्यसरी चुम्बनकै लागि भनेर त्यत्ति धरै रकम दिने अरबपति जुलियन भारती हुन्। एलिजावेथ र जुलियन उनीहरु दुवैजना एक पार्टीमा सँगै देखा परेर सवैको सामु वाइल्ड पोजमा करिबन दश मिनेट चुम्वनमा लिप्त भए। एलिजावेथले जुलियनलाई दिएको उक्त चुम्वन हालसम्मकै महंगो चुम्वन सावित भएको छ । जुन चुम्बन एलिजावेथले गत महिना जुलियनलाई दिएकी थिइन्।

एलिजावेथको उक्त चुम्बनबाट जुलियनले आफूलाई अत्यन्त भाग्यमानी संझेको बताएका छन्। वाइल्ड फोटोग्राफर डेविड यारोसँग डेटिङमा रहेकी एलिजावेथ जुलियनबाट मोटो रकम पाएपछि प्रेमीकै अगाडि जुलियनको कम्मरमा हात राखेर मज्जाले चुम्बन गरेकी थिइन् । त्यस दृश्यलाई खिच्ने कार्य एलिजावेथको प्रेमी वाइल्ड फोटोग्राफर डेविडले नै गरेको बताइन्छ। (एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल असोज २४ गते सोमवार ।