nanda-prd-adhikari

काठमाडौ। गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको आमरण अनशन बसेकै अवस्थामा मृत्यु भएको पनि दुई बर्ष पुगिसकेको छ। काठमाडौको महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा राखिएको शवको अझैपनि दाह संस्कार गरिएको छैन्।

वि.सं.२०७१ साल असोज ६ गते मृत्यु भएका अधिकारीको निधनपछि छोरा कृष्णप्रसाद अधिकारीको हत्याराहरुलाई कारबाहीका लागि संघर्ष गर्दैआएकी श्रीमती गंगामाया अधिकारीले माग पूरा नभएसम्म श्रीमानको दाहसंस्कार नगर्ने अडानमा रहेकी छन्।

पछिल्लो समय चितवन जिल्ला अदालतले गंगामायासंग छोरा कृष्णप्रसादको हत्याबारे बयान लिएको छ। तरपनि, गंगामायालाई भने न्याय पाउने कुरामा रत्तिभर पनि विश्वास छैन्।
प्रकाशन मिति–२०७३ साल असोज ६ गते विहीवार ।