काठमाडौ। नेपाली साहित्य विकास परिषद् यूके. र नेपाल च्याप्टरको आयोजनामा नेपाली साहित्य विकास परिषद् यू के का पूर्व अध्यक्ष तथा साहित्यकार हरि सिँह थापाको कथा संग्रह ‘नम्रताको कार्डिगन’ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे तथा वेलायतका लागि नेपालका नवनियुक्त राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदीबाट संयुक्तरूपमा एक साहित्यक समारोहकाबीच विमोचन भयो ।

namrata-ko-nargina-2

नेपाल प्रज्ञा प्रतिष्ठानको समारोह हलमा आयोजित समारोहलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथि उपकुलपति डा. विष्णुविभु घिमिरेले देशसित हामी र हामीसित देश हुन्छ भन्नुहुदै डायसपोरामा बस्ने साहित्यकारहरूले देश बोकेका हुन्छन् भन्नु भयो । यसैगरी अर्का विशिष्ट अतिथि महामहिम डा. दुर्गा बहादुर सुवेदीले विदेश जादा देशको संस्कृति र सभ्यता पनि गएको हुन्छ भन्नुहुदै विदेशमा बस्नेहरूबाट देशको देशको आर्थिक मात्र होइन सामाजिक र साहित्यिक विस्तार पनि भइरहेको हुन्छ र तिनबाट डायस्पोरिक चेतनाले राष्ट्रिय भावनाको काम गरिरहेको हुन्छ भन्नु भयो ।

आजका प्रखर समालोचक प्रा.महेश पौड्या र डा. नारायण चालिसेले विमोचित कृति माथि समिक्षा गर्दै नम्रताको कार्डिगनको लेखकसंग विश्वचेत रहेको कुरा प्रभावशालीरूपमा प्रस्तुत गर्नुभएको थियो । अर्का वक्ता डा. देवी सुवेदी, डा. रेनुका थापा र मनोहरि थापाले कृतिकार हरि सिंह थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो भने सभापतिको आसनबाट वोल्नुहुदै परिषद्का नेपाल च्याप्टरका उपाध्यक्ष वरिष्ठ शिक्षासेवी गोविन्द प्रसाद श्रेष्ठले नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टर वेलायत र नेपालका साहित्यकार र प्रकाशकबीच समन्वय र सम्पर्क स्थापित गरी साहित्यको प्रवर्धन गर्ने उद्धेश्यले स्थापना भएको नेपाल च्याप्टरबाट हरि सिंह थापाको सातौँ कृति आउनु एउटा सुखद सन्दर्भ हो भन्नु भयो।

namrata-ko-kardina-1उक्त समारोहमा नेपाली साहित्य विकास परिषद् यूके का संस्थापक तथा वर्तमान अध्यक्ष साहित्यकार सुरेशजङ्ग शाह लगायत वेलायतबाट पाल्नु भएका यती नेपाली संस्थाका पूर्व अध्यक्ष निमा वाङ्गेल लामा, कोसेली नेपाली साँस्कृतिक परिवार यूके का संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषदका सल्लाहकार कवि घन बहादुर थापा,उपाध्यक्ष पूर्व क्याप्टेन आर एस श्रेष्ठ, पुर्व कार्यकारिणी सदस्य पत्रकार बालमुकुन्द प्रसाद जोसी,पूर्वसदस्य कलाकार सुरेन्द्र प्रसाद श्रेष्ठ ,समाजसेवी जयकृष्ण तामाङ्ग,कृष्णा थापा,देव कुमारी थापा, उत्सव ढकाल र अमेरिकाबाट सियाटल समाजका पूर्वअध्यक्ष रबी शम्शेर जबरा आदि धेरै विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा. डा. ज्ञानु पाण्डे, प्राज्ञ प्रा. डा उषा ठाकुर, प्राज्ञ वियोगी बुढाथोकी, वरिष्ठ कवि गोपाल पराजुली, कवि हरिभक्त बुढाथोकी, समालोचक मुक्ति घिमिरे ,साहित्यकार ललिता दोसी, विदूर केसी, भुवनहरि सिग्देल, गोपिकृष्ण लामिछाने लगायत ठूलो सँख्यामा साहित्यकार तथा विशिष् व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सन् १९९५ मा स्थापना भएको वेलायतमा जेठो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके ले विगत दुई वर्ष देखि नेपालमा समेत च्याप्टर खोली विविध साहित्यिक गतिविधिहरू गर्दै आइरहेको छ।
प्रकाशन मिति–२०७३ साल असोज ५ गते बुधवार ।