pasale-in3

काठमाडौ। नेपाली चलचित्र उद्योगमा चलचित्र बन्ने क्रमले तिव्रता पाएको छ। यो तिब्रतासंगै नयाँ चलचित्र ‘पसले’ निमाण हुने भएको छ। चलचित्र पसलेको काठमाडौमा मंगलबार शुभमूहर्त गरियो।

समसामयिक बिषयवस्तु समेटिने ‘पसले’मा दीपेन्द्र कोईराला, रामचन्द्र अधिकारी, विशाल पहाडी, टिकादेवि दाहाल, पुष्प लुईटेल आदि कलाकारको अभिनय रहने भएको छ । काठमाडौं, चितवन र पोखरामा छायाँकन हुने ‘पसले’का निर्माता संजय प्रसाद चुँडाल र संजय थापा हुन् ।

संगीत अमित चौधरी रहने चलचित्र पसलेको निर्देशन राजेन्द्रकुमार अर्यालको गर्दैछन् । प्राय नयाँ अनुहार देखिने ‘पसले’ तिहार लगतै छायाँकनमा जाने निर्माणपक्षले भनेको छ ।

pasale-in1प्रकाशन मिति–२०७४ साल कात्तिक १ गते बुधवार ।