Kauso 1काठमाडौ। अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुती चलचित्र ‘काउसो‘ राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भएको छ।

सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई लगायतका कलाकारले मुहूर्त सर्ट दिएको कार्यक्रममा पत्रकारव्दय सानुकाजी श्रेष्ठ क्ल्याप, राजन घिमिरेले नरिवल फुटाएका थिए भने प्रदिप तिम्सिनाले निर्देशन गरेका थिए । डिजाईनर सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व नायक, निर्माता राजेन्द्र वस्नेतले गरेका थिए।

यही बैशाख १५ गतेबाट छायाँकन थालिने ‘काउसो‘मा सविन श्रेष्ठ, अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताकारम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी, अनु पराजुली आदिको अभिनय रहनेछ ।

‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन भने निर्देशक मदन घिमिरे, निर्माता भगवान खत्री, पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायाँकन रामेश्वार हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।

Kauso 2प्रकाशन मिति–२०७४ साल बैशाख ४ गते सोमवार ।