Fashion Show 6काठमाडौ। नयाँ बर्ष २०७३ सालको पूर्वसन्ध्यामा शुक्रबार ललितपुरको ग्वार्को स्थित १९९९ एडी पार्टी प्यालेसमा भव्य फेशन–शो आयोजना भएको छ। 

गर्जियस इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीको आयोजनामा गर्जियस अटायर फेशन–शो नामाँकरण गरिएको उक्त फेशन–शोमा विभिन्न मोडलहरुले प्रतिस्पर्धात्मक रुपमा दर्जनौ फेशनेवल पहिरनमा क्याटवाक गरेका थिए।

लेहेगा, साडी, कुर्था, गाउन, वानपिस लगायतका पहिरनमा सात सिक्वेन्समा मोडलहरुको ग्ल्यामर्स क्याटवाक हुंदा दर्शकहरु निक्कै लोभिएका थिए। आयोजक गर्जियस इन्ष्टिच्युट अफ फेशन टेक्नोलोजीमा फेशन संवन्धी अध्ययन तथा अनुसन्धान हुंदैआएको छ। हाल यस फेशन टेक्नोलोजीमा २५ जना विद्यार्थीहरु फेशन विषयमा अध्ययनरत रहेको संचालक शोभा महर्जनले भनेकी छन्।

Photo By- Hemanta Shrestha.

प्रकाशन मिति–२०७२ साल चैत्र २९ गते सोमवार ।