काठमाडौ। नेपाली चलचित्र उद्योगमा पछिल्लो छिमलकी नायिकामा हट एण्ड बोल्ड नायिकामा प्रियंका कार्की देखिएकी छन्। यिनै हट नायिका कार्की नायिकाबाट गायिका बनेकी छन्। नयाँ बर्ष २०१६ सालको नयाँ सौगात स्वरुप नायिका कार्की आफैले गाएको स्वतन्त्र बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेकी छन्।

priyanka karki

उक्त गीतमा नायिका कार्की आफैले अभिनय समेत गरेकी छन्। गीतको अभिनयमा नायिका कार्की हट अवतारमा टू–पिसमा समेत देखिएकी छन्। जुन निक्कै आकर्षक र ग्ल्यामर पाइएको छ। शैलेश सिंहको गीत तथा संगीतमा नायिका कार्कीको गायन रहेको उक्त गीतले व्यापक चर्चा पाउन थालेको छ। गायनको कारण भन्दा पनि उक्त गीतको भिडियोमा नायिका कार्कीले गरेको बोल्ड एण्ड हट अभिनयले बढी चर्चा पाएको देखिएको छ।

प्रकाशन मिति–२०७२ साल पुष १८ गते शनिवार ।