Nagarjun-Municipality-Kathmanduकाठमाडौ। यही २०७४ साल बैशाख ३१ गते हुनलागेको स्थानीय तहको निर्वाचनको चहलपल अधिक देखि देखिएको छ । महानगरपालिका देखि नगरपालिकासम्म मेयर, उपमेयर, वडा अध्यक्ष देखि नगर सदस्यसम्म टिकट आफनो पक्षमा टिकट पाउन कार्यकर्ता देखि नेतासम्म भेटधाट र दौडधुप गर्ने जमात लामो देखिएकोछ।

Nagarjun Meyars

टिकट आफनो पक्षमा पार्न पाटी कार्यालय धाउने उपल्लो तहका नेता समाउने उम्मेदवारका आकक्षीको दैनिकी जस्तो बनेकोछ। राजधानीको सबै नगरपालिकामा चुनावी डिग्री बढेको छ। पार्टीहरु कसलाई टिकट दिदा निर्वाचन परिणाम आफ्नो पक्षमा आउछ भनेर उम्मेदवार चयन गर्न व्यस्त रहेका छन्।

उपत्यकामा भूगोलको हिसावले सबै भन्दा सानो नगरपािलका नागार्जुन नगरपािलकमा उम्मेदवार छनौटको सरगर्मी बढेको छ । विभिन्न पार्टीका संयन्त्रहरु उपयुक्त नेताहरुको खोजीमा कडा मेहनत गरिरहेको पाइएको छ। उम्मेदवार हुनेहरु वीच पनि हानथाप नै हुने स्थिति रहेको छ। नागार्जुन नगरपालिकामा मेयर र उपमेयर पदको लागि एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले धमाधम उम्मेदवारहरुको छनौट गरी जनता माझमा पठाउन थालेको छ।

नेकपा एमालेको तर्फबाट मेयरमा प्रकाश श्रेष्ठ, सानुराजा पुरी, नन्दनहरि गौतम, केशव पोखरेल र भगवान राज धलेको चर्चा छ भने भने उपमेयरमा सुमित्रा कुवँर, सानुमायाँ खड्का, सुशीला खत्रीको नाम चर्चामा रहेको छ। नेपाली कांग्रेसका तर्फबाट मेयरमा मोहन बहादुर बस्नेत, केदार मानन्धर, धर्मराज गौतम मध्ये एक जनाले टिकट पाउने छन भने उपमेयरमा सरस्वती भट्ट, कल्याणी खड्का र सीता श्रेष्ठको चर्चा छ। नेकपा माओवादी केन्द्रले मेयरमा कुमार लामा र उपमेयरमा सलिना भुजेल लाई उम्मेदवार घोषणा गरिसकेको छ।

राप्रपाले उद्धव थापा, ध्रुव खनाल मध्ये एक जनालाई मेयरको उम्मेदवार बनाउने मिरा कुवँरलाई उपमेयर उम्मेदवार बनाउने भएकोछ । निर्वाचनको माहोललाई हेर्दा र संगठको उपस्थितिलाई आधार माने हो नागार्जुन नगरपालिकको निर्वाचन दुई पक्षे नेकपा एमाले र नेपाली कांग्रेस वीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । प्रमुख राजनीतिक दलले उपमेयर पदमा महिला उम्मेवार दिदा महिला महिला वीच चुनावी प्रतिस्पर्धा कडा हुनेछन्।

प्रकाशन मिति–२०७४ साल बैशाख १ गते शुक्रबार ।