mha-puja-in-uk-1
लण्डन। नयाँ बर्ष नेपाल संवत ११३७ को अवसरमा लण्डनमा यो बर्ष भव्य रुपमा म्ह–पूजा कार्यक्रम हुने भएको छ। पासा पुचःयुके साउथ इस्त लण्डनको आयोजनामा म्ह–पूजा र कल्चरल शो आयोजना हुने आयोजक पासा पुचः गुठी साउथ इष्ट लण्डनका अध्यक्ष सुशील प्रजापतिले बताएका छन्।

mha-puja-in-uk

यस कार्यक्रमको लागि हाल लण्डनमा अन्तिम तयारी भैरहेको पनि अध्यक्ष प्रजापतिले भनेका छन्। यही कात्तिक १५ गते म्ह–पूजाको दिन अर्थात नेपाल संवत अनुसारको नयाँ बर्षकाें दिन एसियन कम्युनिटी सेन्टरमा कार्यक्रम हुने भएको छ। करिब ४ सय बेलायतमा रहेका नेवार तथा गैरनेवारहरुलाई कार्यक्रममा उपस्थित गराउने आयोजकले प्रमुख लक्ष्य नै लिइएको छ।

जुन कार्यक्रममा लण्डनको समयअनुसार साँझ ५ बजेदेखि ७ बजेसम्म प्रत्यक्ष म्ह–पूजा गरिने भएको छ। जसमा १ सयजनाले सहभागिता जनाउने भनिएको छ। ७ बजेपछि परम्परागत पुलुकिसी, कुमारी यात्रा, मञ्जुश्री, पञ्चकन्या, रथजात्राका साथमा धिमे बाजा, भैरब गणका साथमा विनोद चिपालुको लाखे नाच विशेष हुने आयोजक समितिले कार्यक्रम तय गरेको छ। कार्यक्रम संयोजक सचिन श्रेष्ठ रहेका छन्। कल्चरल प्रोग्रामको संयोजनको जिम्मेवारी विनोद चिपालु र अशोक अवालले लिएका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार ।