NoHornकाठमाडौ। नेपालको राजधानी काठमाडौ उपत्यकामा नयाँ बर्ष बैशाख १ गतेवाट सवारी साधनहरुलाई हर्न बजाउन निषेध गरिएको छ। अनावश्यक रुपमा हर्न बजाएमा सडकमा तैनाथ ट्राफिकहरुले सवारी चालकलाई नगद ५ सयदेखि १ हजारसम्म जरिवाना गर्ने भनिएपछि हर्न बजाउनेहरु निक्कै सतर्क भएको पाइयो।

अनावश्यक रुपमा हर्न बजाउनेहरुको कारण काठमाडौ उपत्यकामा देखिएको ध्वनी प्रदूपषण तथा जथाभावी हर्न बजाउनु भनेको असभ्यताको प्रतिक भएकोले त्यसलाई नियन्त्रण गर्न हर्न बजाउन नपाइने नियम ल्याइएको सरकारले भनेको छ। अधिकांशले बिहानदेखि हर्न नबजाएको दाबी गरेका छन् भने कतिपय चालकले त हर्न बजिहाल्छ कि भन्ने त्रासले हर्न नै झिकेकोसमेत बताएका छन्।

हर्न निषेध गरिनुलाई सर्वसाधारणले पनि निकै सकारात्मक कदम भनेका छन् । जथाभावी हर्न बजाइँदा कानै थुनेर हिँड्नुपर्ने अवस्था रहेको भन्दै पैदलयात्रीहरुले हर्न निषेधलाई कडाइसाथ लागू गर्नुपर्ने बताएका छन् । ध्वनी प्रदूषण सहरी क्षेत्रमा ठूलो समस्या बन्दै आएको छ। यही समस्यालाई न्यून गर्नका यो नियम लागू गरिएको भन्दै ट्राफिक प्रहरीले पनि नो हर्नको नियमलाई लागू गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

No Horn in Ktmप्रकाशन मिति–२०७४ साल बैशाख १ गते शुक्रबार ।