Krishmas 1काठमाडौ । इस्वी संवतानुसार विश्वभर मनाइने नयाँ बर्ष २०१६ संघारमा रहेको छ। नयाँ बर्ष आउन एक हप्ता अगाडि धुमधामसँग क्रिसमस मनाउने गर्दछ । क्रिसमस नयाँ बर्ष स्वागत गर्न मनाइने विशेष दिन हो । जुन दिन प्रत्येक बर्षको २५ डिसेम्बरमा मनाइने गरिन्छ। आज शुक्रबार २५ डिसेम्वर परेको छ। क्रिसमसको दिन आज सर्वत्र नयाँ बर्ष २०१६ को स्वागतको लागि धुमधामसंग क्रिसमस मनाउने कार्य भैरहेको छ।

Krishmas 2आज क्रिसमसको अवसरमा विश्वभर व्यापक रमझम भैरहेको छ । क्रिसमस ट्री सजाउने देखि क्रिसमसको शुभकामना सहित ठाउं–ठाउंमा विभिन्न संघ–संस्था तथा उद्योग–प्रतिष्ठानहरुले सान्ताक्लज मार्फत उपहार दिने प्रचलन अनुसार उपहार दिने कार्य भैरहेको छ ।
नेपालमा पनि सान्ताक्लजको ड्रेसमा विभिन्न सेलिब्रेटीलाई उद्योग–प्रतिष्ठानहरुले आफ्ना प्रडक्टको पब्लिसिटी गर्ने माध्यमको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।

Krishmas 3

प्राय क्रिसमसको दिन नेपाली सान्ताक्लज बनेर त्यसरी उपहार बाँड्ने धेरै बर्षको अनुभव नेपाली कलाकार जुँगे भट्टराईले संगालिसकेका छन् । सान्ताक्लजको जस्तै लामो न लामो दाह्री–जुंगा भएका जंगे भट्टराई खुशी बाँड्ने नयाँ बर्षको यो उत्सव नै हो भन्छन् । क्रिसमसको बेला क्रिश्चियन धर्माबलम्वीहरुको लागि त विशेष पर्व नै हो । प्रभु इसुको पवित्र बचन देखि पवित्र प्रेम भोजनको समेत कार्यक्रम गरिने गर्दछ ।

पवित्र प्रेम भोजनमा सामूहिक भोजन गरेर सामूहिक शुभकामना दिने प्रचलन रहेको छ। एक अर्काको उन्नति र प्रगतिको लागि प्रभुप्रति विश्वासीहरु प्रभुको प्रार्थना तथा ब्लेसिङ्ग गर्ने प्रचलन अनुसार गरिने गरेको क्रिश्चियन धर्माबलम्बी सविना मगरले भनेकी छन् । क्रिश्चियन बाहेक गैर–क्रिश्चियनहरुले पनि बेग्लै तौवरबाट क्रिशमस तथा नयाँ बर्ष मनाइने भएबाट सवैको लागि विशेष पर्व नै हाल भएको छ । यस अवसरमा विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुले विभिन्न प्रडक्ट लन्च तथा विशेष छुटको व्यवस्था पनि गर्ने गर्दछ ।

प्रकाशन मिति–२०७२ साल पुष १० गते शुक्रवार ।