Sarita Prajapati 1काठमाडौ। नेपालको नर्सिङ्ग क्षेत्रमा नाम चलेकी सेवाधारी नर्स सरिता प्रजापतिको गायनको व्यस्तताले पनि बर्ष २०७३ साल तातिएको छ।

नर्सिङ्ग पेशाको अत्यन्त व्यस्तताको समयमा पनि शनिवार तथा विदाको दिन मिलाएर विभिन्न सांगीतिक कार्यक्रमहरुमा बबाल तहल्का प्रस्तुत गरेर समय निकाल्न सक्नु नर्स गायिका प्रजापतिको यो बर्ष सफलताको रुपमा लिइएको छ।

सरिता प्रजापति स्टेजमा प्रस्तुत भएर गीत गाउन थालेपछि माहोललाई तताउने मात्र नभइकन दर्शकहरुलाई उफार्ने समेत कार्य उनीवाट हुने गरेको छ।

दर्शकसामु नै आएर मज्जाले गीत गाउंदै दर्शकहरुलाई नचाउंदै आफूपनि नाच्ने यी नर्स गायिका सरिता प्रजापति बर्ष २०७३ सालको चर्चामय गायिकाको रुपमा लिइएको छ।

Sarita Prajapati 2प्रकाशन मिति–२०७३ साल चैत्र ३१ गते विहीवार ।