काठमाडौं। बेलायतमा कार्यरत ख्यातिप्राप्त नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलले चलचित्र कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र भनेकी छन्। लण्डनमा आयोजित चलचित्र कैदीको पत्रको ट्रेलर रिलिजका क्रममा अभिनेत्री कँडेलले सवैलाई आव्हान गर्दै उक्त कुरा भनेकी हुन।

यही आउने सेप्टेम्बर १२ तारिखका दिन स्कटल्याण्डमा चलचित्र कैदीको पत्रको पहिलो सार्वजनिक प्रदर्शन हुन गैरहेको छ। उक्त प्रदर्शनलाई अभूतपूर्व बनाइदिन पनि अभिनेत्री कँडेलले अनुरोध गरेकी छन्।

चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैरागलाई आफ्नो अभिनयको गुरु मान्ने अभिनेत्री कँडेल स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको अमर कृति कैदीको पत्रमा आधारित चलचित्र भएको कारण पनि यो चलचित्रको महत्व तथा गरिमा अझ बढ्ेको उल्लेख गरेकी छन्। उनले नेपाली कृति,संगीत, चलचित्र, कला, साहित्यलाई माया गरौं र कलाकारहरुलाई प्रोत्साहन दिऔं भनेकी छन्।

प्रकाशन मिति–२०७९ साल भाद्र ४ गते शनिवार ।