Jharana Thapa redकाठमाडौ । नंबरी नायिका झरना थापालाई नाइट लाइफमा रम्न मन पर्न थालेको छ । नेपालको नाइट लाइफलाई हालसम्म नचाहरेको भएतापनि व्यवस्थित नाइट लाइफ नेपालमा पनि अत्यन्त आवश्यक भैसकेको जिकिर झरनाको रहेको छ।

 व्यस्त जिन्दगीको तनलाई स्वस्थ बनाउने माध्यमको रुपमा नाइट लाइफलाई उनले लिएकी छन्। पहिलो पल्ट गत बर्ष थाइल्याण्ड भ्रमणको सिलसिलामा त्यहाँको बैंकक स्थित नाइट लाइफ चहारेकी उनलाई त्यहाँको नाइट लाइफ व्यवस्थित लागेको छ। त्यहाँको नाइट लाइफको सुन्दर पक्ष भन्नु नै व्यवस्थित रुपमा सडकमा खुलेआम संचालित मसाज हो।

नेपाली रुपैया एक हजार पाँच सय जतिको खर्चमा मज्जाले सडकमा नै मसाज गर्न पाइन्छ । विश्वमा नै बढी केयरिङ्ग गर्ने भनेर निक्कै प्रशंशा पाएका थाइ केटीहरुले सुन्दर ढंगबाट गरिने त्यहाँको नाइट लाइफमा मज्जाले मसाज गरेको समेत सुनाउने उनी यसलाई त्यहाँको अत्यन्त सुन्दर पक्ष भन्न चुक्दिनन । थाइ केटीहरुबाट त्यहांको नाइट लाइफमा सडकमा नै खुलेआम मसाज संचालन हुने गरेको छ।

त्यहाँको नाइट लाइफमा मसाज गर्दा दिनभरको थकानको अन्त भएको महशुश उनले गरेकी छन् । व्यवस्थित नाइट लाइफ भएकोले केटीहरु पनि स्वतन्त्र रुपमा त्यहाँ सजिल्लै घुम्न सक्ने उनले बताएकी छन् । नेपालमा पनि यसप्रकारको नाइट लाइफको व्यवस्था भएमा व्यावसायिक रुपमा पर्यटन प्रवद्र्धन हुने दावी उनको रहेको छ।

Jharana Thapa with her Husband Sunil Kumar Thapa.2 0

चलचित्र निर्माता समेत रहेका श्रीमान सुनिलकुमार थापाका साथमा बैंककको नाइट लाइफ चहारेकी उनले त्यहाँ हिंस्रक बाघसँग बसेर मज्जाले घरपालुवा जनावरसँग जस्तै फोटो खिचाउने कार्य समेत गरिन् । जुन उनको जिन्दगीकै नयाँ अनुभव भएको छ ।

त्यहाँको तालिम प्राप्त बाघलाई बोतलको दूध ख्वाउने कार्य गर्दा अलिकति डर तथा धेरै रोमान्चकता महशुश भएको बताउने उनले नेपालमा पनि यसप्रकारको पर्यटन प्रवद्र्धन आवश्यक रहेको जिकिर गर्छिन् । यस्ता नौलो आयाम थप्न सकेमा नेपालमा पर्यटन व्यवसाय निक्कै फस्टाउने उनको धारणा रहेको छ ।

प्रकाशन मिति–२०७२ साल पुष २० गते सोमवार ।