Sushma Sworaj Indian Minister
काठमाडौ। भारतले मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा स‌ंविधान संशोधनका लागि सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताउँदै समाधानका लागि यसले बलियो आधार तयार गरेको विश्वास व्यक्त गरेको छ।

भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा भएको पछिल्लो प्रयासको स्वागत गरेको हो। स‌ंविधान जारी भएपछि अघोषित नाकाबन्दी लगाएर असन्तुष्टी देखाउँदै आएको भारत सरकारले पहिलोपटक विज्ञप्ती निकालेर सरकारको निर्णयको स्वागत गरेको हो।

Indian statement on Madhesh Issue

मन्त्रिपरिषद्ले आइतबार बेलुका गरेको निर्णय मधेस आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्न महत्वपूर्ण र सकारात्मक रहेको विज्ञप्तीमा जनाइएको छ। भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा सबै राजनीतिक शक्तिहरुले आवश्यक परिपक्कता र लचकता प्रदर्शन गरेर वार्ताबाट जतिसक्दो चाँडो समाधान खोज्न सुझाव दिएको छ। भारतले आपूर्तिमा भइरहेको अवरोध पनि सहज हुने संकेत पनि दिएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ६ गते सोमवार ।