Iran helped Qutar

काठमाडौ। नाकाबन्दी झेलिरहेको कतारलाई इरानले पांच वटा विमानबाट खाद्यान्न पठाएको छ। विमानमा फलफुल र तरकारी रहेको बताइएको छ। माग भएसम्म खाद्य सामग्री पठाइने इरानी अधिकारीहरुले जनाएका छन्।

इरानले थप तीन वटा विमानमा ३ सय ५० टन खाद्यान्न कतार पठाउन तयारी गरिरहेको छ। कतारी विमानलाई इरानले आफ्नो हवाई मार्ग खुला गरेको छ। तर नाकाबन्दी गर्ने साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले भने यो सुविधा बन्द गरेका छन्।

आतंककवादीलाई सहयोग गरेको भन्दै साउदी अरेबीया सहित छ मुलुकले सम्बन्ध तोडेपछि कतारले नाकाबन्दीको सामना गरिरहेको छ। तर कतारले भने आरोप तथ्यहीन बताउदै आएको छ । कतारमा आउने खाद्यान्न मध्ये ४० प्रतिशत छिमेकी साउदी अरेबियाबाट आउने गथ्र्यो। नाकाबन्दीका बाबजुत आफुसंग १२ महिनासम्मका लागि खाद्यान्नको जोहो रहेको जनाएको छ।

यता कतार विरुद्ध नाकाबन्दी घोषणा गर्ने मुलुकहरुले आफ्नो मुलुकमा रहेको कतारीहरुलाई स्वदेश फर्कने आदेश जारी गरेपनि कतारले भने कुनै मुलुकका नागरिकलाई कतार छोड्न नभन्ने जनाएको छ। (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल जेष्ठ २८ गते आइतवार ।