Surya Thulung 1काठमाडौ। कालजयी अजर–अमर गीतका स्रष्टा गायक सूर्य थुलुङ्गको चार दशक लामो गायन यात्राको पहिलो एकल गायन प्रस्तुति हुने भएको छ।

बैशाख ३ गते शुक्रबार अपरान्ह ३ बजे काठमाडौको राष्ट्रिय नाचघरमा गायक थुलुङ्गको स्वर्णिम गायन यात्रा हुने भएको छ। राष्ट्रिय जनसंगीत मन्चको आयोजनामा हुन गैरहेको उक्त कार्यक्रम ऐतिहासिक नै हुने आयोजक मन्चका अध्यक्ष माधव प्रधानले भनेका छन्। त्यसको लागि लगभग तयारी पूरा भैसकेको जानकारी पनि अध्यक्ष प्रधानले दिएका छन्।

Surya Thulung 2तीसको दशकदेखि नेपाली गीत–संगीतमा कालजयी गीत गाएर चर्चाको शिखरमा पुग्दैआएका गायक थुलुङ्गले आफ्ना अजर–अमर गीतहरु यो नेपाली ठिटो, बादलुको दरबार, माछी मारन, साह्रै पार्यो आज मलाई लगायत एक दर्जन गीत गाउने भएका छन्। जसमा गायक थुलुङ्गको गायनमा दुई गायिका सानु पहाडी र श्रेयसी चेम्जुङ्गले साथ दिने भएका छन्।Surya Thulung

प्रवेश निःशुल्क गरिएको छ। सवैलाई राष्ट्रिय नाचघरमा उपस्थित भएर कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन पनि आयोजक राष्ट्रिय जनसंगीत मन्चले आव्हान गरेको छ।

प्रकाशन मिति–२०७३ साल बैशाख २ गते विहीवार ।