Jeny Kunwar 2काठमाडौ। कुनैबेला अत्यन्त बोल्ड क्यारेक्टरमा अभिनय गर्दैआएकी अभिनेत्री जेनी कुँवर पनि यतिखेर गायनमा देखिएकी छन्। छाईदेऊ श्री हजुर मनमा बोलको अत्यन्त शालिन गीत गाएर जेनी कुँवरले चमत्कारिक नयाँ रुप देखाएकी छन्।

सानैदेखिको अभिनय तथा गायन कलाले नै कलाकार बनाएको बताउने जेनी कुँवरको स्वर, शव्द तथा संगीतमा तयार भएको उक्त गीतको भिडियो सार्वजनिक भएको छ। काठमाडौमा रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उक्त भिडियोको सार्वजनिक भएको हो।

Actress Jeny Kunwar Singing Song
Actress Jeny Kunwar Singing Song

सार्वजनिक कार्यक्रमको विमोचन नेपालका पूर्व संस्कृति मन्त्री दीपकुमार उपाध्यायवाट भएको थियो। गीतको भिडियोको निर्देशन समन अधिकारीले गरेका छन्। अभिनय जेनी कुँवरकै रहेको छ। मनै लोभ्याउने मनमोहक दृश्य भिडियोमा देख्न पाइन्छ। त्यसमाथि शालिन अनि सौम्य अभिनयले जेनी कुँवरको त्यो रंगमंचिय अभिनयको खुवीलियत छताछुल्ल भएको छ।

प्रस्तुत छ–नायिका जेनी कुँवरको गायन रहेको मनमोहक गीतको शालिन भिडियो

प्रकाशन मिति–२०७४ साल कात्तिक ७ गते मंगलवार ।