काठमाडौ। नेपालकी नायिका जोस्ना फुयाँलले विवाह गरेको पनि आज विहीवारवाट १५ बर्ष पुगेको छ। अभिनेता रुपक फुयाँलसंग १४ बर्षअघि प्रेम विवाह गरेकी नायिका जोस्ना फुयाँलले आज विहीवार ललितपुर झम्सिखेल स्थित अपार्टमेन्टमा पारिवारिक रमाइलो भेटघाटका साथमा १५ औं विवाह उत्सव मनाएकी छन्।

१५ औं विवाह उत्सवको अवसरमा नायिका जोस्ना फुयाँल तथा अभिनेता रुपक फुयाँलले आफूहरु वीचको समझदारी, सदभाव र विश्वासले दाम्पत्य जीवनको रमाइलो पलहरु सुखद रुपमा वितिरहेको र कसैको पनि नजर नलागोस् भनेर दुवैले आमा–बुवा तथा नातागोतालाई साक्षी राखेर भगवानसंग प्रार्थना गरेका छन्।

फुयाँल दम्पतिको पारिवारिक फूलवारीमा दुई छोरी र एक छोरा भैसकेको छ। नायिका फुयाँल यतिखेर छोरा–छोरी हुर्काउनमा नै व्यस्त छन्। अभिनेता फुयाँल भने सेनिटरी व्यवसायमा व्यस्त छन्।

प्रकाशन मिति–२०७४ साल फागुन ३ गते विहीवार ।