nisha-adhikari-hot-redकाठमाडौ। नेपाली चलचित्र उद्योगमा केही समययता चुपचाप बसेकी नायिका निशा अधिकारी अव भने चलचित्र निर्माण गर्ने तर्खरमा लागेकी छन्।

चर्चित म्युजिक भिडियो निर्देशक सिमोस सुनुवारसँग मिलेर चलचित्र झ्यानाकुटी निर्माण गर्ने घोषणा गर्ने कार्य नायिका अधिकारीवाट भएको छ। चलचित्रको नाम न झ्यानाकुटी भएकोले यो चलचित्र विलकुलै कमेडी फिल्म हुने जानकारी पनि नायिका अधिकारीले दिएकी छन्।

जसमा लिडिङ्ग रोलमा बेनिशा हमाल र सौगात मल्ललाई दिइएको छ। निर्देशन सिमोस सुनुवारले गर्ने भएको छ। नायिका अधिकारीले भने यस चलचित्रमा क्रियटिभ डाइरेक्टरको जिम्मेवारी लिने भएकी छन्।

अभिनय गर्ने या नगर्ने भन्ने कुराको टुंगो भने उनले लगाएकी छैनन्। छायाँकन यही आउने फाल्गुण महिनावाट लमजुङ्गको घले गाउंवाट शुरु गरिने भनिएको छ।
प्रकाशन मिति–२०७३ साल पुस १८ गते सोमवार ।