Nisha Adhikari with Sharad Bheshawaker
Nisha Adhikari with Sharad Bheshawaker

काठमाडौ। नेपालकी चर्चित नायिका निशा अधिकारी र प्रसिद्ध क्रिकेटर शरद भेषवाकर ककनीस्थित तपोवनमा ध्यान गर्न बसेको पाइएको छ। दुवैवीच मौलाएको प्रेम तथा रोमान्सलाई पुट गर्दै यही असार १८ गते विवाह वन्धनमा बाँधिन लागेका ध्यानमग्न निशा र शरदको जोडीको त्यहाँ तारिफ गर्नेहरुको कमी भने नभएको पाइएको खवर रहेको छ।

उनीहरु ध्यानमा यति मौन थिए कि–दुवैले ध्यानमा संसार विर्सेर आफूहरुलाई ध्यानवाटै एक–अर्कामा समर्पित गर्दै रहे। जुन उनीहरुलाई तपोवनमा देख्नेहरुले यस्तै प्रतिक्रिया व्यक्त गरेको पाइयो। दुवैवीचको प्रेममा ब्रेकअप भएको होहल्ला आएतापनि उनीहरु वीचको सामिप्यता तथा संवन्धमा कुनै प्रकारको ब्रेकअप नभएको यस कुराले प्रमाणित गरेको छ।

खवरअनुसार, दुवैका परिवारको सहमति अनुसार यही असार १८ गते उनीहरु वैवाहिक जीवनमा बाँधिन लागेका छन् । काठमाडौको एक ब्यांक्वेटमा गरिने उनीहरुको विवाहका लागि तयारी शुरु भइसकेको छ।

विवाहकै पूर्वसन्ध्यामा यो जोडी तपोवनमा स्वामी आनन्द अरुणको ७४ औं जन्मोत्सव मनाउन पुगेका थिए। उनीहरुले जन्मोत्सव मात्र मनाएनन्, केही समय ध्यानको आनन्द पनि लिएका थिए।
प्रकाशन मिति–२०७४ साल असार ६ गते मंगलवार ।