Dipak Limbu with BB Anuragiकाठमाडौ। यो बर्षको नारायण गोपाल युवा संगीत पुरस्कार गायक दीपक लिम्बु र बीबी अनुरागीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

राष्ट्रिय युवा कोषले प्रत्येक बर्ष प्रदान गरिदैआएको उक्त पुरस्कार लिम्वु र अनुरागीलाई कोषले प्रदान गर्ने निर्णय गरेको छ। एक समारोहको आयोजना गरेर प्रदान गरिन लागेको कोषले अरनिको युवा कलाका पुरस्कार चित्रकारव्दय राजनकुमार पन्त र सौरगंगा दर्शनधारीलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय समेत गरेको छ।

नगद ५० हजार तथा स्वर्णपदक र प्रमाणपत्रसहित ४० बर्ष ननाघेका युवा गायक तथा कलाकारलाई कोषले प्रत्येक बर्ष पुरस्कार प्रदान गरिदैआएको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २० गते शनिवार ।