काठमाडौ। नेपाली चलचित्र उद्योगमा यतिखेर निर्जलाको खोजी हुन थालेको छ। निर्जला को हुन त ? अनि निर्जला के हो त ? यी आदि तथा इत्यादि सवालको जवाफ आउनु अघि नै चलचित्र निर्जलाको शुटिङ संपन्न गरेर ठण्डा भएर बसेका चलचित्र निर्जलाका निर्माता प्रकाश न्यौपाने भने चलचित्र निर्जलाकी अभिनेत्री तथा प्रस्तुतकर्ता शुभेच्छा थापाको साथमा जन्मदिन मनाउन आमाघर पुगे।

काठमाडौको कालिमाटी रविभवन सोल्टीमोड स्थित आमाघर पुगेर त्यहाँ रहेका ३० जना आमाहरुका साथमा निर्जलाका निर्माता प्रकाश न्यौपानेले जन्मदिन मनाएका हुन्।

जन्म दिनको अवसरमा सामाजिक कार्यको पनि थालनी गर्ने उदेश्यले अभिनेत्री शुभेच्छा थापाको सल्लाह तथा सोचअनुरुप निर्माता न्यौपाने आमाघर पुगेर त्यहाँ रहेका आमाहरुलाई शुक्रवार विहानको मिठो–मसिनो भोजन गराएर आमाहरुवाट आशीर्वाद पाउंदा निर्माता न्यौपानेले मनमा अत्यन्त आनन्द महशुश गरेका थिए।

आमाघरकी सवैकी आमा दिलशोभा आमाले चलचित्र निर्माता न्यौपाने तथा चलचित्र निर्जलाको सफलताको लागि सवै आमाहरुकोतर्फवाट प्रार्थना गरेर शुभकामना दिएकी थिइन्। उक्त कार्यक्रममा चलचित्र निर्जलाको निर्देशक राजु गिरी, प्रसिद्ध चलचित्र नृत्य निर्देशक कमल राई लगायतको उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७४ साल माघ १२ गते शुक्रबार ।