काठमाडौं। निक्कै विवादस्पद रहेको सुदुरपश्चिम नेपालको निर्मला पन्त हत्याको अझैपनि अनुसन्धानको निश्कर्ष निक्लन सकेको छैन्। नसक्नुको कारणमा छरिएर रहेको सूचना नपाएको कारण भएको तर्क सार्वजनिक भएको छ।

छरिएर रहेको सूचना नेपाल प्रहरीले राम्ररी अझैपनि पाउन नसकेको कारण नेपाल प्रहरी सही निश्कर्षमा पुग्न नसकेको खुलासा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले गरेका छन्।

डीआईजी सुवेदीका अनुसार, निर्मला पन्त हत्याको अनुसन्धानको बेला समाज र प्रहरी वीचको दूरी बढ्यो। जनताले प्रहरीलाई सही सूचना दिन सकेन। प्रहरीलाई विवादमा तानिएपछि कारवाहीका रुपमा तानियो।

अनुसन्धानका लागि खटिएका नयाँ प्रहरीले पनि त्यहाँ सही सूचना पाउन सकेन । जसको कारण निर्मला पन्त हत्याको अनुसन्धानको निश्कर्षमा प्रहरीले अझै पुग्न नसकेको यथार्थता वताउंदै डीआई सुवेदीले यस संवन्धमा नेपाल प्रहरी निरन्तर छरिएर रहेका सूचना संकलन गरेर निचोडमा लाग्ने कसरतमा लागिरहेको पनि बताए।

अनुसन्धानमा खटिएका प्रहरीलाई जनतामा छरिएर रहेका सूचना जनताले नै प्रहरीलाई दिएमा मात्र चाँडै अपराध अनुसन्धानको निचोडमा आउने र अपराधीलाई कारवाही गर्न प्रहरी सक्षम हुने वताउंदै छरिएर रहेको सूचना दिन पनि डीआईजी सुवेदीले शान्ति सुरक्षा संवन्धी नागरिक अन्तरक्रिया कार्यक्रममा सर्वसाधारणलाई अनुरोध गरेका छन्।

काठमाडौ महानगरपालिका वडा नंबर ४ टुँडालदेवी मन्दिर परिसरमा महानगरीय प्रहरी दिवस २०७८को अवसरमा शान्ति सुरक्षा,स्थानिय समस्या सम्बन्धि नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम डीआईजी सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका सभापति राम प्रसाद न्यौपानेको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न व्यक्ति विशेषले जनता र प्रहरीका संवन्धमा दूरी होइन, सौहाद्र्धपूर्ण हुनुपर्ने आवश्यकता र महत्वका विषयमा आफ्ना धारणा राखेका थिए। सामुदायिक सेवा केन्द्र टुंडालदेवीका सचिव मीन प्रसाद पौडयालले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशन मिति–२०७९ साल कात्तिक २७ गते शनिवार ।