kantipur-film-acedmyकाठमाडौ। चलचित्र पनि यतिखेर अध्ययनको विषय बन्न थालेको छ। चलचित्रको अध्ययन तथा अध्यापनका लागि नै विभिन्न शैक्षिक संस्थाहरु खुल्ने क्रम जारी रहेको छ। यसक्रममा नेपाली चलचित्रका टाइकोन निर्माता छविराज ओझाको संलग्नता तथा अगुवाईमा चलचित्रको अध्ययन गर्ने शैक्षिक संस्था कान्तिपुर फिल्म एकेडेमी स्थापना भएको छ।

यस एकेडेमीको शुक्रवारवाट विधिवत रुपमा संचालनमा आएको निर्माता ओझाले भनेका छन्। अन्तरराष्ट्रिय स्तरको चलचित्र अध्यापन गराउने उद्देश्यले खोलिएको यो एकेडेमीमा निर्माता छविराज ओझा सहित प्रकाश पुरी, बिमल सुवेदी,नरेश कुमार केसी दयाराम घिमिरे,पृथ्वीराज प्रसाँइ र सुरज चिलुवालको संलग्नता छ।

एकेडेमीले रसियाको एक एक्टिङ्ग इन्टिच्यूटसँग केही सम्झौता पनि गरेको छ । जसअनुसार पहिलो चरणमा कान्तिपुर फिल्म एकडेमीबाट अभिनय विधामा २ जना बिधार्थी संजोग रसाइली र अनिल कँडेल र निर्देशन बिधाबाट परिच्छेद सेनलाइ छात्रवृत्तीमा अध्ययनको मौका दिइएको एकेडेमीले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ६ गते शनिवार ।