Niharika ra Kailaकाठमाडौ। एनआरएन जीवा लामिछाने संरक्षक रहेको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गरिने पदमश्री पुरस्कार उपन्यासकार नीलम कार्की निहारिकालाई दिने भएको छ।

Chirharan 1

Nilam Karki Niharika

प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उपन्यासकार निहारिकालाई चिरहरण नामक उपन्यासको लागि वि.सं.२०७२ सालको उक्त पदमश्री पुरस्कार दिइन लागेको हो। पुरस्कार नगद २ लाखको रहेको छ।

Bairagi Kaila

त्यसैगरेर, वि.सं.२०७२ सालकै पदमश्री साधना सम्मान बरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ। सम्मानको राशी पनि नगद २ लाख नै रहेको छ। दुवै पुरस्कार र सम्मान आगामी दशैंको कोजाग्रत पूर्णिमाका दिन दुवै स्रष्टालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।