काठमाडौ । माता पाथिभरा सवैको आस्था र विश्वासको देवीको रुपमा मानिन्छ। हिन्दू देवी–देवताको महिमामा माता पाथिभराको नाम उच्च रहेको छ। पूर्वी नेपालको ताप्लेजुङमा रहेको पाथिभरा देवीको मन्दिर दर्शन र देवीका बारेमा सोच्दा मात्रपनि सोचेको पूरा हुने विश्वास छ। ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ।

पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ। चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउंमा पाथिभरा देवि मन्दिर रहेको छ। यो मन्दिर रहेको स्थाना पाथिभरा धाम यात्रा गर्न जो कोहीका लागि त्यति सहज छैन। यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन्। यातायातको सुविधा नहुँदा पहाड चढ्न कठिन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेको छैन।

पूरातन किम्वदन्तीअनुसार, परापूर्वकालमा त्यहाका गोठालाहरूले पाथिभरा मन्दिर परिसरमा आफ्नो भेडिगोठ बनाउने गर्थे। एक दिन अचानक रातको समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएको र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो।

देवीले दिएको निर्देशन अनुसार बलियो भेडालाई बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताको तस्तै त्यही ठाउँमा देखिएपछि देवीको सांच्चै त्यहाँ उत्पति भएको मानिएको छ। त्यो भन्दा आश्चर्यको कुरा, बली दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो। यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ।

पाथिभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन्। त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ।

पाथिभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन। पाथिभरा धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर, पाथिभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ“ भन्ने जनधारणा रहिआएको छ ।

यति धेरै धार्मिक विश्वास र महिमा रहेको माता पाथिभरा अर्थात सवैको झोलीमा पाथिभरा गरिदिने अर्थात पाथि भरिदिने माताको रुपमा मानिएको अगाध महिमा र विश्वासको आमा पाथिभराको ताप्लेजुङ पछि ललितपुरको लेलेमा स्थापना भएयता नुवाकोटको बेलगडी नगरपालिका स्थित आबुखर्कमा पनि स्थापना हुन लागेको छ।

यसको लागि आधारभूत तयारी भैरहेको जानकारी माता पाथिभराको अगाध भक्तिनीको रुपमा माता पाथिभराको चरणकमलमा लामो समयदेखि सेवारत रहदैआएकी माता पाथिभराकै नामवाट चिनिएकी काठमाडौंं बानियाटार बालुवापाटी धनेश्वर स्थित माता पाथिभरा आश्रमकी आमा पाथिभराले उक्त स्थानमा माता पाथिभराको मन्दिर स्थापना गर्न लागिपरेकी छन्।

यसमा सवैको साथ र सहयोग मिलेमा चाँडै नै आफूले त्यस स्थानमा पाथिभरा माताको धाम स्थापना गर्ने बताएकी छन्। सहयोग गर्न चाहनुहुने भक्तजनहरुले निम्न मोबाइल नंबर 9841562395 मा डाइरेक्ट कल गरेर बुझेर सहयोग गर्न हुन पनि अनुरोध गरिएको छ।