Lunkaran Das Chaudhary passed away 1काठमाडौ। नेपालका अर्बपति विनोद चौधरीको पिता लुनकरणदास चौधरीको शुक्रबार पशुपति आर्यघाटमा धार्मिक विधिपूर्वक अन्त्येष्टी गरिएको छ। नेपालको औद्योगिक घरानिया चौधरी ग्रुपको संस्थापक रहेका अर्बपति विनोद चौधरीको पिता लुनकरणदासको ९४ बर्षको उमेरमा उपचारकै क्रममा विहीवार अपरान्ह ३.३० बजे दुःखद निधन भएको थियो।

पशुपति आर्यघाटको अन्त्येष्टीमा लुनकरणदासका जेष्ठ पुत्र अर्बपति विनोद चौधरीले दागबत्ती दिएका थिए। साथमा माइला पुत्र बसन्त चौधरी र कान्छा पुत्र अरुण चौधरीले पनि साथ दिएका थिए। नेपालगको औद्योगिक घरानियाका अग्रज व्यक्तित्व लुनकरणदासलाई अन्तिम श्रद्धान्जली दिन विभिन्न क्षेत्र तथा बर्गविशेषहरुको आर्यघाटमा बाक्लो उपस्थिति रहेको थियो।

Lunkaran Das Chaudhary passed away 4

वि.सं.१९७९ सालमा काठमाडौको मखनटोलमा जन्मेका लुनकरणदासले पिताको कपडा व्यवसायलाई काठमाडौवाट विस्तार गरेर विभिन्न उद्योग संचालन गरेर चौधरी ग्रुपको स्थापना गरेका थिए। नेपालमा ५ दर्जनभन्दा बढी औद्योगिक व्यापारिक प्रतिष्ठानहरुको संस्थापक लुनकरणदासले नेपालको औद्योगिक विकासमा ठूलो योगदान दिएको आर्यघाटमा श्रद्धान्जली दिन आउने घरानिया व्यापारीहरुले नै भनेका छन्। उनीहरुका अनुसार नेपालमा सात हजार भन्दा बढीलाई चौधरी ग्रुप अन्तर्गतका व्यापारिक प्रतिष्ठानहरुवाट भएको छ। चौधरी ग्रुप नेपालको अग्रपंक्तीको व्यापारिक घरानिया हो।

Lunkaran Das Chaudhary passed away 3

प्रकाशन मिति–२०७२ साल माघ २२ गते शुक्रबार ।