Ram Sharan Mahat Finance Ministerकाठमाडौ। लण्डनको प्रख्यात अन्तरराष्ट्रिय म्यागेजिन दि बैंकरले नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्डवाट सम्मानित गरेको छ।

गत बैशाख १२ गते नेपालमा गएको महाभूकम्पपछिको असहज परिस्थितिको आर्थिक प्रशासनलाई सुधार गरेको आधारमा पूर्वअर्थमन्त्री डा.महतलाई उक्त अवार्डवाट सम्मानित गरिएको म्यागेजिनले जनाएको छ।

म्यागेजिनले प्रत्येक बर्ष प्रदान गरिने गरेको यो अवार्ड पाउने डा.महत एसिया प्रशान्त क्षेत्रकै पहिलो अर्थमन्त्री बन्न पुगेको पनि बताएको छ।

प्रकाशन मिति–२०७२ साल पुष २० गते सोमवार ।