काठमाडौ। राजनीति गर्ने नेताहरुको जीवन चलचित्रका कलाकारहरुको जस्तो त्यति खुल्ला भएको पाइदैन। उनीहरुका जीवन–शैली प्राय गोप्य नै हुने गरेको पाइन्छन्। आफूलाई मनपर्ने नेताका जीवनी कतिका लागि घतलाग्दा तथा रोमान्चक बन्ने गरेको पाइन्छ। यसैप्रसंगमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाका नखुलिएका जीवनका पक्षका बारेमा नयाँ पत्रिकाले खुलाउने प्रयास गरेको छ। नयाँ पत्रिकाले खुलासा गरेका देउवाका नखुलिएका पक्षहरुलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास भएको छ। पढौं–नेता देउवाका नखुलिएका जीवनका रमाइला तथा रोचक पक्षहरु–

Sher Bahadur Deuba-शेरबहादुर देउवा साढे ७ बजेसम्ममा उठिसक्छन् । ब्यायाम गर्न नरुचाउने देउवा, ग्रिन टि लिन्छन् । पत्रपत्रिका पढ्ने, समाचार सुन्ने, हेर्ने उनको बानी छ । तर, संचारमाध्यममा अभिव्यक्ति दिन भने उनी झर्को मान्छन् । यस कुरामा उनकी श्रीमती आरजुले सम्झाउँछिन् । देउवालाई न व्यायाममा मन जान्छ न योगामा तैपनि स्वस्थ नै देखिन्छन् । तर, खानेकुरामा भने उनी सचेत छन् । गुलियो त उनलाई नदेखाए, नसुनाए पनि हुन्छ । खाना झुक्किएर चिल्लो पीरो परे त उनी हकार्छन् नै । साधारण खाना रुचाउने देउवाको श्रीमती भने खानाकी सौखिन हुन् । उनी श्रीमतीलाई लिएर बाहिर खान जान्छन् । उनलाई रोष्टेड र ग्रिल्ड मासु निकै मन पर्छ । भान्छामा काम गर्न भने उनलाई फिटिक्कै रुची छैन । बुढानिलकण्ठ बस्न थालेको १५ बर्ष भयो, यो अबधिमा उनी मुश्किलले दुई चोटी भान्छा छिरे होलान् ।

Sher Bahadur Dewba with Araju Dewba 1

-उनलाई नातीनतिना खेलाउने स्वभाविक रहर भने जागिसेको छ । यसले पनि उनी बुढ्यौली लागेको संकेत गर्छ । उनी अब आफ्नो छोराको बिवाह गरी घरमा बुहारी भित्र्याउन चाहन्छन् । उनी छोराको विवह यस कारण गर्न चाहन्छन् कि, अब उनलाई नातानतिना खेलाउने रहर लागिसक्यो । उनी छोरासँग निकै नजिक छन् । मिडियासँग बोल्न नरुचाउने देउवा छोरासँग भने खुलेर बात मार्छन्। उनी छोरासँग व्यक्तिगतदेखि राजनीतिका गफ पनि गर्छन् । उनका छोरा पोलिटिकल साईन्सकै बिद्यार्थी भएकाले पनि उनी राजनीतिमा चासो राख्छन् ।

Sher Bahadur Dewba

– देउवालाई सँधै चिटिक्क परेर हिड्नुपर्छ । उनलाई दौरा सुरुवाल र सुट पाईन्ट निकै मन पर्छ । आफूलाई चाहिएको कपडा उनी आफैँ किन्छन् । र, कार्यक्रम अनुशार पहिरन फेरेर जान्छन् । आफ्ना लागि खर्चको जोहो पनि आफैँ गर्छन् । कहिलकाहीँ उनी श्रीमतीसँग पैसा माग्न पनि पछि हट्दैनन् । एक पटक श्रीमती आरजुले ३६ हजार पैसा उनलाई दिएका छन् । खासमा,देउवाले त्यो रकम एकजना व्यक्तिको श्रीमतीको अप्रेशनका लागि दिएका थिए। यस कुराले आरजुलाई रिस पनि उठेको थियो । उनले त्यो पैसाले, अरुथोकै गर्ने भनेर योजना बनाउँदै आएकी थिईन् ।

Araju Dewba 1

-कहिलेकाहीँ त बिहान उठेदेखि उनको गाली सुरु हुन्छ । उनलाई रिसाउन कुनै कारण चाहिदैन । यहाँसम्म कि उनी रिसाएनन् भने आरजुलाई चिन्ता पर्छ–आज उहाँ किन रिसाउनुभएन ? तर, उनी बाहिरका कुरा घरमा ल्याएर भने रिसाउँदैनन् । उनीहरुबीच सहमती नै भएको छ, बाहिरका कुरा घरभित्र नल्याउने । उनी झनक्क रिसाउने बानी भए पनि, त्यो रिस लामोसमयसम्म टिक्दैन ।

-उनी जिद्धी पनि छन् । उनी कम बोल्छन् तर, आफ्नो जिद्धी छाड्दैनन् । जोक्स सुनाउँछन् श्रीमतीलाई उनी रिसालु मात्रै छैनन्, रमाईला पनि छन् । उनलाई जोक्स एकदम मन पर्छ । उनी जोक्सहरु सुन्छन् । उनलाई जोक्स सुन्दा , सुनाउँदा रमाईलो लाग्छ । उनी घरमा जोक्स सुनाउँछन् पनि । दिनमै ६० वट्टासम्म चुरोट सकिन्थ्यो उनी पहिले चुरोटका अम्मली थिए । अहिले छाडिसकेका छन् । दिनमै ६० वट्टासम्म चुरोट सकाउने देउवाले आफ्नै ईच्छाले चुरोट छाडेका हुन् । पेट बढ्ने चिन्ताले बियर खाँदैनन् । कहिलेकाहीँ एक –दुई ग्लास वाइन खान्छन्।

प्रकाशन मिति–२०७३ साल जेठ १७ गते सोमवार ।