Ratna Shah.1काठमाडौ। नेपालका पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको हालसम्म नेपाली नागरिकता नभएको खुलासा भएको छ। ८८ बर्षको उमेर पुगिसकेकी पुगिसकेकी पूर्वमुमा बडामहारानीको राजदरवारस्थित निवासको महेन्द्र मन्जिलमा धारा, विजुली बत्ती र टेलिफोन लाइन जडान गर्ने कार्यमा नागरिकता नभएपछि समस्या उत्पन्न भएपछि उक्त कुराको खुलासा भएको हो।

महेन्द्र मन्जिलको खानेपानीको लाइन काटेपछि रत्नको नाममा निवेदन दिएपछि नागरिकता माग भएपछि नभएको सार्वजनिक भएको हो। म त सवैकी रानी भैसकेकीलाई नेपाली नागरिकताको आवश्यकता नभएको भन्दै उल्टै खानेपानीका कर्मचारीहरुलाई प्रश्न गरेपछि सवै चकित बनेका थिए।

तत्कालिन राजपरिवारमा परिवारका कुनैपनि सदस्य १६ बर्ष पुगेपछि दरवारमा गएर नागरिकता बनाइदिन प्रमुख जिल्ला अधिकारी दरबारमा नै जाने प्रचलन थियो। पूर्वमुमा बडामहारानी रत्नको सवालमा उनले नेपाली नागरिकता बताउन त्यो बेला देखि नै वास्तै नगरेको र यसप्रति चाहना नै नगरेकोले हाल समस्या उत्पन्न भएको बुझिएको हो।

नागरिकता आवश्यक पर्ने अधिकाँश कार्यमा विश्वासिलो कर्मचार र परिवारका सदस्यको नागरिकता प्रयोग गर्ने कार्य पूर्वमुमा बडामहारानी रत्नवाट हुंदैआएको नेपाल समाचारपत्रमा उल्लेख गरिएको छ।

प्रकाशन मिति–२०७२ साल माघ २ गते शनिवार ।