KP Oli with Modi 1

काठमाडौ। पूर्वीनेपालको झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहीवार विहानै फोन गरेर नयाँ बर्ष २०१६ को शुभकामना दिएका छन्। शुभकामनावाट शुरु भएको कुराकानीमा भारतले विगत तीन महिनादेखि गर्दैआएको नाकाबन्दीको बारेमा पनि खुलेरै प्रधानमन्त्री ओलीले कुरा उप्काएर भारतीय प्रधानमन्त्री मोदीलाई नाकाबन्दी खोल्न आग्रह गरेका थिए।

जवाफमा मोदीले बीरगंज–रक्सौल नाकाबाहेक सवै नाका सहज भएको र आपूर्ति नियमित भएको भनेका थिए। मधेशी मोर्चाको अवरोध हटेमा रक्सौल नाका पनि सुचारु हुने बताउंदै मोदीले आफूहरुले कुनै अवरोध नगरेको पुरानै कुरा दोहोर्याएका थिए।

विहान १०.३५ बजेबाट भएको ओली र मोदी वीचको बार्ता त्यस्तै २० मिनेटको भएको प्रधानमन्त्रीका प्रेंस सल्लाहकार प्रमोद दाहालले बताएका छन्। भारतको नाकाबन्दी यता ओली र मोदी वीच यो समेत गरेर तीनपल्ट फोनवार्ता भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। लगभग अव केहीदिनपछि नेपालमा भारतको नाकाबन्दी पूर्णरुपमा हट्ने पनि समाचार स्रोतले बताएको छ।

प्रकाशन मिति–२०७२ साल पुष १६ गते विहीवार ।