Sher Bahadur Deuba With Narendra Modiकाठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार डाइरेक्ट टेलिफोन गरेका छन्।

टेलिफोनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। नेपालका बाढीपीडितका लागि राहत स्वरुप भारत सरकारका तर्फवाट २५ करोड भारतीय रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता समेत भारतीय प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि समेत व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७४ साल भदौ २ गते शुक्रबार ।