काठमाडौ। नेपालका मन्त्री लालबाबु पण्डित हिन्दी फिल्म नायकका हिरो अनिल कपुरले जस्तै ठाउंका ठाउंं कर छली गर्ने तथा घुस्याहाहरुलाई कारवाही गर्ने गजबका मन्त्री हुन्। मान्छे अत्यन्त कालो भएतापनि मन साह्रै सफा देखिएका लालबाबु मन्त्री भएको लगतै नेपालका फाइभस्टार होटलहरुलाई कारवाही गरेर नयाँ काम गरेका छन्। त्यसैले त एमाले नेता लालबाबु ‘जनताका नेता’ बन्दै छन् ।

यसअघि सामान्य प्रशासनमन्त्री हुँदा तहल्का मच्चाएका लालबाबुले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हाले लगत्तै महत्वपूर्ण ‘एक्सन’ लिने घोषणा गरेपछि उनको चर्चा सुरु भएको छ। आइतबार मन्त्री पण्डितले वातावरणीय मूल्यांकन नगर्ने ठूला होटल, अस्पताल र उद्योगमाथि कारबाही सुरु गरेका छन्।

नियम मिचेर पूर्वाधार बनाएर सञ्चालन भइरहेका सोल्टी, सिटी, द्ववारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारबाही सुरु गरेका छन्। छिट्टै मापदण्ड पूरा गर्न निर्देशन दिँदै पण्डितले वातावरणीय मूल्यांकन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गर्ने होटललाई एकएक लाख रुपैयाँ जरिवाना तिराएको लालबाबुका स्वकीय सचिव ओसिम आलामले बताएका छन्।


प्रकाशन मिति–२०७४ साल फागुन १४ गते सोमवार ।