Prem Sagar Karmacharya 5काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले १ सय ५० औं पटक रक्तदान गरेर नयाँ रेकर्ड कायम गरेका छन्। आपतका देवता समेत उपनामवाट व्यापक चर्चा पाउंदैआएका रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ५० औ रक्तदान समारोह समितिको आयोजनामा बुधवार काठमाडौको बागबजारस्थित सिटी स्क्वायरमा आयोजित कार्यक्रममा रक्तदान गरेका हुन्।

Prem Sagar Karmacharya 1१६ बर्षको उमेरदेखि रक्तदान गर्न सुरु गरेका रक्तदाता कर्माचार्यले ३–३ महिनाको अन्तरमा रक्तदान गर्दै आएका छन् । ५२ वर्षीय कर्माचार्य शरीरले साथ दिएसम्म रक्तदान गर्न नछोड्ने बताउँछन् । रगतको अभावमा कसैलेपनि अकालमा नै ज्यान गुमाउन नपरोस भन्नेमा सबै सचेत हुनुपर्ने कर्माचार्यको भनाइ रहेको छ।

Prem Sagar Karmacharya 3यसलेगर्दा कसैलाई जुनसुकै रक्त ग्रुपको रगत आवश्यक परेमा अहोरात्र निःशुल्क खटेर रगतको जोहो गर्ने र गराउने कार्य कर्माचार्यवाट हुंदैआएको छ। यसले गर्दापनि कर्माचार्यलाई आपतका देवता भनिएको हो। राधाकृष्ण तण्डुकार संयोजनमा भएको १५० औं बृहत रक्तदान समारोहमा रेकर्डेट रक्तदाता कर्माचार्यलाई विशेष सम्मान पनि गरिएको छ।
Prem Sagar Karmacharya 4प्रकाशन मिति–२०७४ साल जेष्ठ २४ गते बुधवार ।