Prem Sagar Karmacharya abhinandit 1काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित बनेका छन्। हालसम्म १ सय ५० पटक रक्तदान गरिसकेका स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई शनिवारएक बिशेष समारोह बीच सम्मान तथा सार्वजनिक अभिन्दन गरेको हो।

श्रृजनशिल वातावरण संरक्षण केन्द्र,झीगु थःसि नेवाःपुचः,खुसि लँ बुहारी महिला समूह,असहाय मानव उत्थान केन्द्र,ललितपुर युवा समूह चाङ्गाथलि र नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगरपालिकाद्वारा संयुक्तरूपमा सार्वजनिक अभिनन्दन गरिएको हो।

अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बासुदेव महर्जन र अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका ललितपुर जिल्ला शाखाका सचिव तथा असहाय मानव उत्थान केन्द्रका अध्यक्ष राजन महर्जनले अभिनन्दित प्रेमसागर कर्माचार्यको रगत सेवाको बारेमा व्यापक चर्चा गरेका थिए।

Prem Sagar Karmacharya abhinandit 2कार्यक्रमको उदघोषण श्रृजनशिल बाताबरण संरक्षण केन्द्रका श्याम राउतले गरिएको अभिनन्दन कार्यक्रमको सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिका अध्यक्ष बिजय महर्जनले गरेका हुन्।

यसैगरी सोह्खुट्टे,नयाँ बजार,काठमाडौको मनास्लु पब्लिक उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा श्री भुमे जनकल्याण समाज,अजिरकोट(४,सिम्जुङ्ग, गोरखाद्वरा आयोजित एक बिशेष रक्तदानको शुभारम्भ कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान प्रदान गरिएको थियो।

Prem Sagar Karmacharya abhinandit 3प्रकाशन मिति–२०७४ साल साउन २१ गते शनिवार